Menu

Today Date

जथाभावी बोरिङ नगाड्न वीरगन्ज महानगरको निर्देशन,गाडे कारवाही हुने

Author
News Feed |
July 21, 2023
Featured

 

५ श्रावण २०८०,शुक्रबार
वीरगंज,वीरगंज महानगरपालिकाले महानगरका विभिन्न वडाहरुमा भइरहेको अनाधिकृत रूपमा डिप बोरिङ जडान कार्य बन्द गर्न निर्देशन दिएको छ।
निर्देशनको अहेलना गरे माहानगरपालिकाले कार्वाहि समेत गर्नमा पछाडि नहट्ने मेयर राजेशमान सिहंले बताएका छन । पछिल्लो समय वर्षा नहुँदा चापाकलहरु सुकेर बढ्दै गएको खानेपानीको समस्यालाई मध्यनजर गर्दै महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै अनाधिकृत रुपमा बोरिङ जडान कार्य बन्द गर्न निर्देशन दिएको हो ।
वीरगंज सहित महानगर क्षेत्रभित्र विभिन्न वडाहरूमा अनधिकृत रूपमा इजाजत नलिई जथाभाबी डिप बोरिङ जडानको कार्य भइरहेको प्रति महानगरपालिकाले आपत्ति जनाएको छ ।इजाजत बिना नै भइरहेको डिप बोरिङ जडानको कार्य तत्काल रोक्न पनि महानगरले आग्रह गर्दै महानगरपालिका सँग स्वीकृत लिएर मात्रै डिपा बोरिङ गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।
अनुमति बिना जथाभाबी रूपमा डिप बोरिङ जडान गर्ने कार्य भएको पाइएमा त्यस्तो कार्य गर्ने र गराउने दुवै पक्षलाई महानगरपालिकाले कारबाही गर्ने पनि उक्त सूचना मार्फत महानगरले चेतावनी दिएको छ ।
पछिल्लो केही समय यता वीरगंज सहित तराईका क्षेत्रमा पानीको हाहाकार भएको छ। यसले गर्दा कतिपयले अनधिकृत रूपमा डिप बोरिङ गरिरहेका छन् । डिप बोरिङले जमिन मुनीको पानी रित्तिने र जमिन भासिने समस्या आउन सक्ने भएकाले यस्ता गतिविधिलाई रोक्नु पर्नेमा महानगरको सूचनाको अहेलना गरे,हामी प्रहरीको मदत समेत लिएर अनुगमन गर्ने डिप बोरिङ जडान गर्ने र गराउने दुवै पक्षलाई कारबाही गर्ने मेयर सिहंले बताएका छन।

FEELING WHAT ?

Contact Form

Name

Email *

Message *