Menu

Today Date

पवन कल्याण र साई धर्म तेजको फिल्म ब्रो ले दुई दिनमै उठायो लगानी

Author
News Feed |
July 31, 2023
Featured

काठमाडौं,साउन १५

दक्षिण भारतीय अभिनेता पवन कल्यण र साई धर्म तेजको फिल्म ब्रो ले दुई दिनमै लगानी उठाएको छ।

गत शुक्रबार देखि प्रदर्शन भएको फिल्मले विश्वभर बाट दुई दिनमा सय करोड भारू कमाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यो फिल्म ५० करोड भारूमा बनेको हो। यसले घरेलु बक्स अफिसमा तीन दिनमा ६३ करोड १ लाख भारू कमाएको छ।

ओपेनहाइमर,बार्बी,मिशन इम्पोसिबल र रकी और रानीकी प्रेम कहानी’ चर्चामा रहँदा यो फिल्मको खासै चर्चा थिएन। रिलिज भए पछि दर्शकले फिल्मलाई खुब रूचाइरहेका छन्। यद्पी भारतीय समीक्षकले भने फिल्मलाई मिश्रित प्रतिक्रिया दिइरहेका छन्।

समुथिरकानीले निर्देशन गरेको फिल्ममा पवन र साईसँगै प्रिया प्रकाश वारियर,केतिका शर्मा,रोहिणी,ब्रह्मानन्दम र सुब्बाराजु लगायत कलाकारको अभिनय छ।

यो फिल्म मार्फत पवन कल्याण र उनका भतीज साई धर्म तेजले पहिलो पटक सहकार्य गरेका हुन्।

FEELING WHAT ?

Contact Form

Name

Email *

Message *