Menu

आजको मौसम

मधेस प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन,२ मन्त्रीले लिए शपथ

Author
News Desk |
July 31, 2023
Featured

साउन १५,२०८० सोमबार
जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । प्रदेशका विना विभागीय मन्त्री वसन्त कुशवाहा र विना विभागीय राज्यमन्त्री सञ्जय कुमार यादवले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्रीले आज सोमवार पाँचौँ पटक मन्त्रि परिषद् पुनर्गठन गर्नुभएको हो ।

प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रीमा नेपाली कांग्रेसका मोहमद समिम र श्रम तथा यातायात मन्त्रीमा जनमत पार्टीका चन्दन सिंह नियुक्त हुनुभएको छ । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले आजै पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

यो सँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । जसपाबाट विना विभागीय मन्त्री सुरिता साह यथावत् हुनुहुन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3