Menu

Today Date

लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भिर छ प्रधानमन्त्री

Author
News Feed |
July 31, 2023
Featured

काठमाडौँ
१५ श्रावण २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताएका छन्।

कृषि तथा पशुपन्छी मन्त्रालय,पशुसेवा विभागद्वारा आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएक हुन्।

लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको बताउँदै प्रधानमन्त्रीले कृषि र अर्थसँग पशुहरुमा लागेको रोगको विषयमा भएको कुराको प्रचारसार नभएको समेत बताए।

लम्पी स्किन रोग यसअघि दुई वर्ष अगाडि नै भारत र चीनमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यो रोग यसअघि देखिएका छिमेकी देशहरुबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको उल्लेख गरे।

प्रधामन्त्री दाहालले भने, छिमेकी देशमा यो रोग दुई वर्ष अगाडि नै देखिएको थियो। हामीले त्यसबाट सिकेर पूर्वतयारी गर्नुपर्ने थियो, हाम्रा यसअघिका कदमहरुमा कमजोरी भएका कारण अहिले हामीले लम्पी स्किनको महामारी भोगेका छौं।’

उनले आगामी दिनमा पनि यी र यस्तै समस्या आउँन सक्छन् भनेर पूर्व तयारी गर्नुपर्नेमा कृषि मन्त्रालय र पशु सेवा विभागको ध्यानाकर्षण गराए।

चीन र भारतको प्राक्टिस र विभिन्न अनुसन्धान बाट लम्पी स्किन रोग नियन्त्रणका लागि गोट पक्स भ्याक्सिन लगाउनु उपयुक्त देखिएको हुँदा नेपालमा पनि सो खोपको प्रयोग गर्न खुला गर्ने र त्यसमा संघ,प्रदेश र स्थानीय तह परिचालित हुनुपर्ने उनले भनाइ थियो।

किसान लाई राहत दिनुका साथै हाल निःशुल्क रुपमा गोट पक्स भ्याक्सिन संघ,प्रदेश र स्थानीय तहले उपलब्ध गराउने गरी तयारी थाल्न उनले कृषि मन्त्रालय लाई निर्देशन समेत दिएको बताए।

FEELING WHAT ?

Contact Form

Name

Email *

Message *