Menu

Today Date

रौतहटमा करेन्ट लागेर एक वर्षमा १२ जनाको मृत्यु

Author
News Feed |
July 13, 2023
Featured

रौतहट, २८ असार । चालू आर्थिक वर्षमा रौतहट जिल्लामा करेन्ट लागेर १२ जनाको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।
बुधवार गरूडा नगरपालिका–८ स्थित बसबिट्टि जिंगडियाका ५० वर्षीय शेख साह मोहम्मदको करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरमा विद्युतीय हिटरमा खाना पकाउने क्रममा करेन्ट लागेर शेखको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
यससँगै रौतहटमा यो आर्थिक वर्षमा करेन्ट लागेर मृत्यु हुनेको संख्या १२ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी उमाशंकर यादवले बताए।
जिल्लामा सबैभन्दा बढी विद्युत मोटरबाट करेन्ट लागेर मृत्यु भएको देखिन्छ। मोटरबाट खेतमा पानी पठाउँदा, नुहाउने क्रममा, तार जोड्ने क्रममा तथा मोबाइल चार्ज गर्दा करेन्ट लाग्ने गरेको प्रहरीको भनाइ छ ।

FEELING WHAT ?

Contact Form

Name

Email *

Message *