Menu

आजको मौसम

बाराबाट १०५ किलो गाँजा बरामद

Author
News Desk |
July 11, 2023
Featured

वीरगंज, २६ असार । जिल्ला प्रहरी कार्यालय बाराले ट्रकबाट १०५ किलो गाँजा बरामद गरेको छ ।
आज बिहान ७ः२० बजे इलाका प्रहरी कार्यालय अमलेखगंजले ना.१ क ३२०५ नम्बरको ट्रकबाट १०५ किलो गाँजा बरामद गरेको थियो ।
सूचनाको आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा जीतपुरसिमरा उमनपा वडा नं–२२ पूर्ब पश्चिम लोक राजमार्ग सडक खण्डको चुरिया माई मन्दिरनजीकैको सडकको पूर्व साइडको नालामा पल्टिएको अवस्थामा ट्रक भेटिएको थियो । ट्रकको चालक, सहचालक फरार भएको तथा ट्रकको सामान लोड गर्ने पछाडीको भागमा फल्स डब्बाभित्रबाट प्लास्टिकको ५ वटा बोरामा गाँजा १०५ किलो बरामद भएको जिप्रका, बाराले जनाएको छ ।
बरामद गाँजा इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ भने ट्रक चालक र सहचालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी निरीक्ष्Fक रुपेश साहले जानकारी गराएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3