Menu

आजको मौसम

३३ बिघा ऐलानी जग्गामा सामुहिक तरकारी खेती गरिने

Author
News Desk |
June 07, 2023
Featured

वीरगंज, २४जेठ । वीरगंज महानगरपालिका–३१ लक्ष्मीपुरस्थित ३३ बिघा ऐलानी जग्गामा सामुहिक तरकारी खेतीका लागि आवश्यक प्रक्रिया वीरगंज महानगरपालिकाले बढाएको छ ।
बुधवार महानगरबाट खटिएको जनप्रतिनिधी र कर्मचारी सहितको टोलीले लक्ष्मीपुरमा उपयोगविहीन रहेको ३३ बिघा ४ कठ्ठा १० धुर ऐलानी जग्गा सामुहिक तरकारी खेतीका लागि छुट्टयाएको छ ।
महानगरप्रमुख राजेशमान सिंहले स्थानीयलाई कृषि कर्ममा आकर्षित गरि आत्मनिर्भर बनाउन र किसानहरूको आयआर्जन बढाउने उद्देश्यले सामुहिक तरकारी खेतीका लागि महानगरले तयारी गरेको बताए ।
महानगरपालिकाको कृषि शाखाकी कृषि अधिकृत रोशनी यादवले तरकारी पकेट विकास कार्यक्रम अन्तर्गत उक्त जग्गा स्थानीय स्तरमा कृषि समूह गठन गरि तरकारी खेतीका लागि जिम्मा लगाइने बताइन् ।
वडाध्यक्ष प्रदीप चौरसिया, मेयर सिंहको सचिवालय सल्लाहकार हरि पोखरेल, महानगरको आर्थिक विकास महाशाखाकी अधिकृत प्रतिज्ञा वैद्य, नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन देवालाल साहलगायत पुगेर जग्गा छुट्याएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3