Menu

Today Date

जिप्रका, पर्सामा ५५ जनाको आँखा परीक्षण

Author
News Feed |
June 15, 2023
Featured

वीरगंज ३२ जेष्ठ । जिल्ला प्रशासन कार्यालय पर्सामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । किरण आँखा अस्पतालमा आयोजनामा आँखा शिविरमा ५५ जनाले आँखा परीक्षण गराएका छन् । विश्व ज्येष्ठ नागरिक दुव्र्यवहार जागरुकता दिवसका अवसरमा शिविरको आयोजना गरिएको हो ।
शिविरमा वीरगञ्जस्थित किरण आँखा अस्पताल प्रा.ली.का दृष्टि बिषेशज्ञ ज्योती साह नेतृत्वको नेत्र चिकित्सकको टोलीले परीक्षण गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आँखा परिक्षण गराई शिविरको शुभारम्भ गर्नु भएको थियो । शिविरमा ५५ जनाले आँखा परिक्षण गराएको किरण आँखा अस्पतालका प्राबिधिक सहयोगी कबिता पोखरेलले बताउनु भयो ।
शिविरमा सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, शिवप्रसाद लम्साह, प्रहरी उपरीक्षक कोमल शाह, प्रशासकिय अधिकृत बिनय श्रीवास्तव, रेखा कुमारी, बालगोध ठाकुर, जिल्ला प्रशासन कार्यालयका सशस्त्र प्रहरी नायव निरीक्षक कमलेश पुरी, तुलसी भण्डारी, शिवशंकर साह लगायतले आँखा परीक्षण गराएका थिए । आँखा अस्पतालका बिशेषज्ञ प्रभात पासवास, सोनी चौधरी, रामबाबु चौरसिया र राजकुमार भण्डारीको सहभागीता रहेको र आँखा परीक्षणसँगै औषधीसमेत वितरण गरिएको र समस्या देखिएकाहरुलाई विशेष छुटका साथ किरण आँखा अस्पतालमा चेकजाँच गरिने अस्पतालका प्राबिधिक सहयोगी पोखरेलले बताउनु भयो ।

FEELING WHAT ?

Contact Form

Name

Email *

Message *