Menu

आजको मौसम

छ लाख मूल्य बराबरको तस्करीको कपडा र चकलेट नियन्त्रण

Author
News Desk |
June 06, 2023
Featured

वीरगंज, २३ जेठ/ जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छली चोरी पैठारी गरी ल्याएको छ लाख मूल्य बराबरको कपडा र चकलेट बरामद गरेको छ ।
सूचनाको आधारमा गएराति ११ बजे वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकस्थित सडकखण्डबाट भन्सार छली चोरी पैठारी गरी १०/१२ जना व्यक्तिहरूले टाउकोमा विभिन्न किसिमका लत्ताकपडाहरू तथा चकलेट वीरगंज भित्राउदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ता तथा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ मालबस्तुहरू छाडेर फरार भएका थिए ।
६ लाख ५४ हजार ६८५ मूलय बराबरको बिभिन्न किसिमका लत्ताकपडाहरू तथा चकलेटहरू कारबाईको लागि आज वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिप्रका, पर्साले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3