Menu

आजको मौसम

विदेश पठाइदिने भन्दै ३७ जनासंग करोडौ ठगी गरेको आरोपमा चौधरी पक्राउ

Author
News Desk |
June 09, 2023
Featured

करोडौ रकम ठगी गरेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका १ का ३७ वर्षीय बिजयकुमार चौधरी रहेका छन् ।
विदेश पठाइदिने भन्दै ३७ जना भन्दा बढी व्यक्तिसंग करोडौ रकम ठगी गरेको आरोपमा चौधरीलाई पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् । चौधरीमाथी करिब एक करोड ११ लाख ठगी गरेको आरोप छ ।
प्रहरी उपरीक्षक बोगटीका अनुसार बैदेशिक रोजगारीमा आकर्षक तलब पाउने भन्दै ३७ जना भन्दा बढीसंग चौधरीले रकम लिएका थिए । रकम लिएका चौधरीले विदेश नपठाएपछि स्थानीयले प्रहरीमा उजुरी दिएका थिए ।
चौधरीलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी कारवाही सुरु गरिएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3